Mero jiban ko euta katha
म सोच्थे प्रमिल भावनाहरुको अस्तित्व मेरो जीवनमा छैन। मेरो जीबन सदाझै उस्तै थियो। मलाई कहिल्यै लागेको थिएन कि म कसैलाई प्रेम गर्नेछु उ संग सधै जीबन बिताउन लालायित हुनेछु र उसको प्रेममा गहिरो गरि डुब्नेछु। तर एकदिन अचानक मेरो जीबन बदलियो अनि मैले यो संसारलाई हेर्ने आखा पनि। म मेरो office को एउटा कार्यक्रम मा ब्यस्त थिए ठिक त्यतिनै बेला मलाई एउटा फोन आयो। फोन उठाए मयिजुको रहेछ। किन फोन गर्नु भाको होला भनेर सोच्दै थिए मयिजुले भन्नु भो "बर्षा तिमिले त्यो engagement बेलाको फोटोहरु facebook बाट हटाको रहेनछौ तुरुन्तै हटाई हाल है। " कारण बताउदै मयिजुले भन्नु भयो " एकजना अमेरिकामा बस्ने मान्छे संग बिहेको कुरा आको छ। उडिसाको सानीआमाले चिनेको मान्छे हो रे। गौरबले तिम्रो facebook id दिनलाइ हेरेको त तिमीले त्यो फोटोहरु हटाएकै रहेनछौ तेही भएर भनेको। " मयिजुको कुरा सुनेपछि मैले हुन्छ म घर पुगेर हटाई हाल्छु भने र फोन राखे। मलाई केहि अजीब लाग्यो र सोचे को होला त्यो मान्छे कस्तो होला। अनि आफुले facebook बाट फोटो हटावुना बिर्सेको मा पनि आफु कस्तो हुस्सु रहेछु जस्तो लाग्यो।
यो engagement को कहानी एस्तो छ। गत वर्ष फाल्गुन मा मेरो एकजना संग engagement भएको थियो जुन केहि समय पछि टुट्न पुग्यो। एकजना चिनेकै मान्छेले उसको कुरा लिएर हाम्रो घर आएको थियो। अनि हामी उ र उसको परिवारलाई भेट्न एउटा restaurant मा गएको थियौ। त्यो दिन मैले उसलाई पहिलो चोटी भेटेको थिए र सामान्य कुरा कानी भएको थियो। घर पुगे पछि आमा बुवाले मलाई तिमीलाई केटा कस्तो लाग्यो भनेर सोध्नु भयो। अब पहिलो चोटी भेटेको मान्छे कस्तो लाग्यो भनु र ठिकै छ भने। मैले घरमा भने कि हामी पहिला केहि समय एक अर्काको बारेमा बुझ्ने कोसिस गर्ने छौ र तेस्पछि मात्र बिहेको बारेमा निर्णय गर्नेछौ। उहाहरुले पनि हुन्छ तर धेरै समय नलगाऊ हामीलाई त परिवार राम्रै लाग्यो भन्नु भयो। तेस्पछि हाम्रो chat मा कुराकानी हुन थाल्यो। उ कुरा ठिकै गर्थ्यो मलाई उसमा तेस्तो नराम्रो खासै केहि लागेन। उसको उमेर ३३ वर्ष थियो म भन्दा झन्डै ६ वर्ष बढी जुन खासै अस्वाभाविक होइन सायद अनि IT मा काम गर्थ्यो। हाम्रो भेटघाट खासै हुदैन थियो। मलाई लागेको थियो हामी बारम्बार भेट्नेचौ र एक अर्कालाई बुझ्ने छौ राम्ररी तर तेस्तो भएन। उ खासै भटना खोज्दैन थियो र सधै ब्यस्त छु भन्थ्यो। पहिलो भेट पछि दुई महिना सम्म मा हामी जम्मा दुइ पटक भेट्यौ। बिदा को दिन पनि उसको केहि न केहि काम पर्थ्यो र खासै भेट्न पौदैना थियौ। तर हामी chat मा भने कुरा गर्थ्यौ। घरमा सधै तिमि हरुले के निर्णय गर्यौ त भनेर सोध्नु हुन्थ्यो र म सधै बुझ्दै छु भन्थे। मलाई उसको ब्यबहार नराम्रो त लागेको थिएन तर उ म संग तेती नजिकिन चाहेको छैन जस्तो चाही लाग्थ्यो। उता हामी दुबैको परिवार लाइ भने सबै चित्त बुझेको स्थिति थियो र हामीलाई चाडै निर्णय लिन दबाब आउन थाल्यो। मलाई लाग्छ यहाँ मैले आफ्नो कुरा स्पस्ट संग राख्न सकिन। मैले भन्नु पर्थ्यो कि मैले खासै कुरै गर्न पाएकी छैन भनेर तर मैले अलि घुमाउरो जवाब दिए र भने कि म संग हुन्न भन्नु पर्ने खास कारण त छैन तर बिहे जस्तो कुरा निर्णय गर्न अझै समय दिनुस। मेरो परिवारले चाही एस्लाई मेरो तर्फ़ बाट हुन्छ भनेको जसरि बुझेछ। उता उसलाई सोध्दा पनि उसले ठिकै लाग्यो भनेर जवाब दिएछ उसको परिवारले पनि उसको तर्फ़ बाट हुन्छ भन्ने बुझेछ। अनि दुवै परिवारले engagement को मिति तोक्यो। जब engagement हुने थाहा भयो मलाई अजीब लाग्यो यो के हुने गई रहेछ ? मैले घरमा भन्दा mummy ले भन्नु भयो कि arrange marriage येस्तै त हो दुई महिना त काफी हो नि एक अर्का लाइ बुझ्न। फेरी तिमीलाई केटा राम्रै लागेको छ हैन र? म अवाक भए कुरा धेरै अगाडी बढी सकेछ। तर सोचे ठिकै छ बिस्तारै बुझिएला नि एक अर्का लाइ उसको फुर्सद नै भएन त तेस्मा उसको के दोस ? उता उसको लागि पनि यो आस्चर्य भएछ। Engagement को एकदिन अगाडी उसले मलाई फोन गरेर भन्यो कि उसले परिवारको दबाबमा मात्र Engagement गर्न लागेको हो र भित्रि मान्न बाट अझै स्वीकार्न सकेको छैन। स्वीकार्न त मैले पनि सकेको थिएन त अब कुरा धेरै अगाडी बढी सकेको थियो। मैले उसलाई भने कि यदि तेस्तो हो भने अहिले लाइ Engagement नगरौ आखिर यो हाम्रो जिन्दगीको सवाल हो। तर उसले भन्यो कि अब परिवारको इज्ज़त्को कुरा छ। येस्तै दोमनमा हामीले engagement गर्यौ। हामी त्यो दिन मुस्कुरौना पनि सकेनौ। तर मैले सोचे बिस्तारै सबै ठिक हुदै जाला तर तेसो भएन। engagement को ९ महिना पछि मात्र विवाह गर्ने सल्लाह भएको थियो परिवार बीच तर केहि समय पछि नै सबै यो सम्बन्ध टुट्न पुग्यो। engagement पछि पनि खासै केहि बद्लियेना। उसको कहिले पनि फुर्सद हुन्न थियो। म पनि उसको रवैया देखेर दिक्दार भए। एस्तो लाग्थ्यो कि हामी केवल करले जोडिएका हौ। उ मेरो message को reply पनि धेरै ढिला मात्र दिन्थ्यो। उसको मनमा के छ मैले बुझ्न सकिन। उसले मलाई भनेको थियो कि पहिला एकजना केटि संग उसको ५ वर्ष सम्म प्रेम सम्बन्ध थियो जुन टुट्न पुग्यो र उसलाई पयेल्स को रोग पनि छ। यी कुरामा मलाई खास समस्या थिएन तर अहिले सोच्दा लाग्छ कि सायद उ आफै हिनताबोध बाट ग्रस्त थियो। केहि दिन कुरा कानी बिल्कुल बन्द भए पछि अत्ति नै लागेर मैले सोधे कि तपाइलाई यो सम्बन्ध बोझ लाग्छ हो? मनमा के छ भन्नुस आखिर पुरा जीबन बिताउने कुरा हो कुनै खेल त हैन। तपाइलाई मेरो केहि कुरा मन नपरेको हो भने भन्नुस। अनि उसले भन्यो कि मैले तिमीमा केहि नराम्रो देखेको छैन तर तेस्को केहि spark पनि केहि देख्दिन म तिमीमा। मैले सोधे spark मतलब के ? तपाई संग समय छैन मेरो लागि र यो सम्बन्ध केवल परिवारको लागि मात्र हो भने के अर्थ येस्को ? यी कुरा हरु पछि के निस्कर्स निस्कियो भने हामी संगै जीबन बितौना सक्दैनौ। हामीले परिवार संग कुरा गरेरै engagement तोड्ने निर्णय गर्यौ। मैले उसलाई engagement मा मलाई दियिएको औठी र साडी फिर्ता गरे उसले पनि मलाई औठी फिर्ता गर्यो। कहानी येत्ति हो जम्मा जम्मी। तेस्पची मैले engagement को फोटो हरु instagram बाट हटाए तर Facebook बाट हतौना बिर्सेको रहेछु। घर पुगेर engagement को फोटोहरु Facebook बाट हटाए तर अब एउटा नया व्यक्ति मेरो जिबनमा जोडिने वाला थियो। उ को हो कस्तो छ के गर्छ म अन्जान थिए।
तेस्को भोलि पल्ट होला गौरब को फोन आयो। गौरब नाताले मेरो कजन दाइ पर्नु हुन्छ तर उमेर खासै फरक नभएकोले मा उसलाई गौरब नै भनेर बोलाउछु। उसले मलाई भन्यो कि म तिमीलाई एकजना केटाको नाम र फोटो पठाउछु तिमि facebook मा खोजेर उसलाई add गर है अस्तिना मयिजुले भन्नु भाको अमेरिका बस्ने केटा तेही हो। मैले पनि हुन्छ भने । फोन राखेपछि उसको नाम र फोटो गौरबले message मा पठायो। नाम राशन रहेछ अनि फोटो हेर्दा ठीकठाक कै लग्यो तेती आकर्षक पनि होइन सारै नराम्रो नि होइन। उसको दारी भाको फोटो थियो। तर facebook मा त्यो नाम type गरेर हेर्दा देखिएन। फेरी गौरबलाई फोन गरे र तेही कुरा भने। उसले अर्को एकजना मान्छेको ID दिएर त्यो मन्क्षे को friend लिस्ट मा गएर हेर्न भन्यो। मैले तेसै गरे र उसको id भेटियो। उसको profile हेरे फोटो हरु हेरे हल्का पेट लागेको मान्छे हो कि जस्तो लाग्यो। अब जेसुकै होस् भनेर उसलाई friend request पठाए। अब के हुने हो कस्तो मान्छे हो भन्ने खाले उत्सुकता अझै थियो नै। येतिकैमा उसको msg आयो hi भनेर। मैले पनि hi भने। सामान्य परिचय पछि उसले मलाई के तिमि मलाई चिन्छौ भनेर सोध्यो मैले अह चिन्दिन भने अनि फेरी उसले मलाई के म तिमीलाई चिन्छु त भनेर सोध्यो मैले भने मलाई लाग्दैन तपाई मलाई चिन्नु हुन्छ। मलाई थाहा भयो कि उनलाई अझैसम्म मैले फ़्रिएन्द रेक़ुएस्त पठाउनुको कारण थाहा छैन। मलाई सारै अफ्ठ्यारो लाग्यो अनि के भनु कसो गरु जस्तो भो। अब म बिहेको लागि तपाई संग कुरा गर्न लागेको भनेर त म कसरि भनु। हतार गरेर रेक़ुएस्त पथाकोमा आफै संग रिस उठ्यो। अनि मैले भने कि तपाइलाई घरबाट केहि भन्नु भाको छैन र ? पहिला घरमा एकचोटी कुरा गर्नु न है। कस्तो awkward situation भयो है। बस येसरी सुरु भएको थियो हाम्रो पहिलो कुराकानी।
त्यो दिन बितेको पनि एक वर्ष भन्दा बढी भईसकेछ। अहिले सम्झिदा त सबै हिजै जस्तो लाग्छ। साँची कति चाडै बितेचन दिनहरु।
☺️☺️☺️☺️☺️☺️
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteCha tah!
Delete