Posts

Showing posts from October, 2020

Mero jiban ko euta katha

  म सोच्थे प्रमिल भावनाहरुको अस्तित्व मेरो जीवनमा छैन।  मेरो जीबन सदाझै उस्तै थियो।  मलाई कहिल्यै लागेको थिएन कि म कसैलाई प्रेम गर्नेछु उ संग सधै जीबन बिताउन लालायित हुनेछु र उसको प्रेममा गहिरो गरि डुब्नेछु।  तर एकदिन अचानक मेरो जीबन बदलियो अनि मैले यो संसारलाई हेर्ने आखा पनि।  म मेरो office को एउटा कार्यक्रम मा ब्यस्त थिए ठिक त्यतिनै बेला मलाई एउटा फोन आयो।  फोन उठाए मयिजुको रहेछ।  किन फोन गर्नु भाको होला भनेर सोच्दै थिए मयिजुले भन्नु भो "बर्षा तिमिले त्यो engagement बेलाको फोटोहरु facebook बाट हटाको रहेनछौ तुरुन्तै हटाई हाल है। " कारण बताउदै मयिजुले भन्नु भयो " एकजना अमेरिकामा बस्ने मान्छे संग बिहेको कुरा आको छ।  उडिसाको सानीआमाले चिनेको मान्छे हो रे। गौरबले तिम्रो facebook id दिनलाइ हेरेको त तिमीले त्यो फोटोहरु हटाएकै रहेनछौ तेही भएर भनेको। " मयिजुको कुरा सुनेपछि मैले हुन्छ म घर पुगेर हटाई हाल्छु भने र फोन राखे। मलाई केहि अजीब लाग्यो र सोचे को होला त्यो मान्छे कस्तो होला।  अनि आफुले facebook बाट फोटो हटावुना बिर्सेको मा पनि आफु कस्तो हुस्सु रहेछु जस्तो लाग्यो।  य